१३ बैशाख २०८१, बिहीबार
Follow Us

उम्मेदवारको घरमा सकेट बम

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ०६:३६

फलेवास । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा हिजो सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो । उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।