८ बैशाख २०८१, शनिबार
Follow Us

संसदको गतिरोध अन्त्य गर्न प्रमुख दलका शिर्ष नेताहरुको बैठक

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ०६:४६

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तिको पहलमा प्रमुख दलका शिर्ष नेताहरुको बैठक संसद भवन नया बानेश्वरमा जारी छ ।
प्रधानन्यायाधिस सुशीला कार्की विरुद्दको महाअभियोग प्रस्तावका कारण संसद बैठक अवरुद्ध भएपछि त्यसलाई सुचारु गर्नका लागि सभामुखले बैठक बोलाएकी हुन । वैठकमा प्रमुख दलका शिर्ष नेता सहभागि छन् ।
वैठकमा महाअभियोग अघि बढाए संसद चल्न नदिने र जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान फेरबदल गर्न नदिने प्रमुख प्रतिपक्ष एमालेको अडान र निर्वाचन अगाडि बजेट ल्याउन नहुने निर्वाचन आयोगको सुझावका विषयमा सहमतिको प्रयास हुने बताइएको छ । सरकारले विपक्षि दलसँग बजेट पर सार्ने वा निर्वाचनलाई अगाडि ल्याउने भन्ने दुई विकल्पमा सहमति खोज्ने प्रयास गरिरहेको छ । आजै संसदको बैठक पनि बोलाइएको छ ।