१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार ०६:५०

काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्दैछ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले उम्मेदबारलाई निर्वाचन चिन्ह प्रदान गर्न लागेको हो ।
पहिलो चरणको निर्वाचन अन्तर्गत वैशाख १९ गते उम्मेदवारी दर्ता गराई उम्मेदवारी फिर्ता लिएर बाँकी रहेका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
अहिले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले २०७० सालको संविधानसभा निर्वाचनमा पाएकै निर्वाचन चिह्न प्राप्त गरेका थिए । बाँकीलाई आज निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो । स्थानीय तह अन्र्तगत पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर तीन, चार र छ मा चौवालिस हजारभन्दा बढिले उम्मेदबारी दर्ता गराएका छन् ।