१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती भिषा अब नयाँ दिल्लीको सट्टा युकेबाटै

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७४, शुक्रबार १३:५१

लन्डन ।

बेलायत सरकारले अब सेटलमेन्ट भिषा यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ । १ मेदेखि लागु गरिएको नयाँ व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिषा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिषा एप्लिकेसन सेन्टर, काठमाडौंमा बुझाउने र बाँकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिषा एण्ड इमिग्रेसन अफिस, सेफिल्डमा पोष्ट गर्नुपर्नेछ ।

यसअघि काठमाडौंमा निवेदन दिएपछि भारतको नयाँ दिल्लीस्थित ब्रिटिस हाइ कमिसनबाट भिषा जारी हुने गरेको थियो ।

लन्डनस्थित सोलिसिटर राजु थापाका अनुसार नेपालबाट बालबच्चा, श्रीमान् श्रीमती वा भूपू गोर्खाका सन्तान यूके झिकाउने सन्दर्भमा सेटलमेन्ट भिषा लिन नयाँ व्यवस्था गरिएको हो ।

आवेदन फारामसहित अंग्रेजी भाषाको सर्टिफिकेट, सम्वन्ध प्रमाणित हुने, बस्ने व्यवस्था भएको देखिने कागजात, बैंक स्टेटमेन्ट आदि कागजात बेलायतको सेफिल्ड पठाउन पर्ने भएको हो ।

सोलिसिटर थापाले यसअघि यो काम बेलायती विदेश मन्त्रालय (एफसीओ) ले नयाँ दिल्लीमा हेर्ने गरेकोमा अब होम अफिसले नै जिम्मा लिएको बताए ।
– ekantipur