१५ बैशाख २०८१, शनिबार
Follow Us

वेलायतको संसदीय निर्वाचनमा कैनी उम्मेदवार बन्ने निश्चित

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७४, शनिबार १२:३५

लन्डन । डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर हुनु भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन् । लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट आगामी जुन ८ मा हुने संसदीय चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा कैनीले समेत आवेदन दिएका थिए । प्रारम्भिक सूचना अनुसार उक्त क्षेत्रबाट डा कैनी सहित जम्मा तीन जनाको आवेदन पहिलो चरण पार्टीले डेस्सी पेजलाई चयन गरे पनि उनले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाएको हो ।
उनले शनिवार नेपालब्रिटेन डट कमसँग आफ्नो उम्मेदवारीको जानकारी पार्टीले दिइसकेको वताए । मेरो सहपाठीले उम्मेदवारी फिर्ता लिएका कारण पार्टीले मलाई उम्मेदवार बन्न आग्रह गरेको छ उनले भने ।

आवेदकहरु मध्येबाट मेको पहिलो साता पार्टीको केन्द्रिय समितिले एक जना उम्मेदवारको छनौट गरेको थियो ।

डा कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि समेत हुनुहुन्थ्यो । उहाँले केही समय पार्टीको स्थानिय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गर्नु भएको थियो । उहाँ सन् २०१५ को स्थानिय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार बर्षको लागि निर्वाचित हुनु भएको हो ।

तनहुँको कमलाबारीमा जन्मनु भएका डा। कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ । बेलायतमा नेपाली समुदायका बिच चिर परिचित र सक्रिय डा। कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता पनि लेख्नुहुन्छ । उहाँका पिता स्व। मेघनाथ कैनी तनहुँका नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँ नेपालमा प्रजातन्त्र प्राप्तिको लडाईमा धेरै पटक र धेरै बर्ष जेलमा समेत पर्नु भएको थियो ।