१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगरमाथा आरोही मीनबहादुर शेरचनको निधन

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७४, शनिबार १३:२३

काठमाण्डौं । ८६ बर्षको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान कायम राख्न सफल मेन बहादुर शेरचनको निधन भएको छ । सगरमाथा आरोहणका लागि जादैं गर्दा शेरचनको एभ्रेष्ट वेसक्याम्पमा शनिवार मृत्यु भएको द हिमालय टाइम्सले जनाएको छ । ।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । सन् २०१५ मा सगरमाथा आरोहण गर्न आधारशिविर तर्फ प्रस्थान गरेका शेरचन मुलुकमा गएको महाभुकम्पको कारण आरोहण स्थगित गरि फर्कन बाध्य भएका थिए ।
शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए। शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो ।
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको व्यवस्था छैन ।