१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रुकुममा आज पनि कांग्रेस र माओवादीबीच झडप

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार ०८:५८

रुकुम । रुकुममा निर्वाचन प्रचारप्रसारका क्रममा आज पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । रुकुमको त्रिवेणी गाउँपालिका–८ भेरीपोखरामा कांग्रेस र माओवादी केन्द्रका कार्यकताबीच झडप भएको हो । झडपमा परि त्रिवेणी गाउँपालिका–आठका लागि नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार दिनेश खडकासहित दुबै तर्फका गरी १२ जना घाइते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल रुकुममा उपचार भैरहेको छ । निर्वाचन प्रचारप्रसार गरिरहेको समयमा माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेस रुकुमले आरोप लगाएको छ । माओवादी केन्द्रले भने घरदैलो कार्यक्रम गरिरहेको समयमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । केही दिन यता रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच विभिन्न स्थानमा झडपहरु भएका छन् ।