७ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीय गठवन्धनको संयोजक मै हुँ: उपेन्द्र

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार १६:२८

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आफु अझै संघीय गठवन्धनको संयोजक रहेको दावि गरेका छन् । यादबले आज एक विज्ञप्ती प्रकाशित गरेर संघीय गठबन्धनको संयोजकबाट हटाउने निर्णयले बैधानिकता पाउन नसक्ने दावि गरेका हुन । शनिबार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको संयोजकत्वमा बसेको बैठकले यादवलाई निश्कासन गरेर ठाकुरलाई संयोजक चयन गरेपछि यादबले त्यसमा आपत्ति जनाएका हुन ।
गठबन्धनका बहुसंख्यक सदस्यलाई थाहै नदिई आफुलाई हटाउने गरि गरिएको निर्णय ब्यक्तिगत भएको दावि पनि यादबको छ । आफुमाथिको कारवाही गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीत रहेको जिकिर पनि उनले गरेका छन् ।
आफ्ना माग पुरा गर्न बृहत्तर शक्ति निर्माण गर्नुपर्ने समयमा घात अन्तर्घात गर्ने लज्जास्पद र खेदजनक भएको पनि उनले बताएका छन । स्थानीय तह निर्वाचनमा संघीय समाजवादी गठवन्धन सहभागि भएकोमा आपत्ति जनाउदै मोर्चा सम्बद्ध दलले शनिवार यादबलाई संघीय गठवन्धनको संयोजकवाट हटाउने निर्णय गरेका थिए ।