१३ बैशाख २०८१, बिहीबार
Follow Us

सेनाले प्रचण्डलाई प्रधानमन्त्री नमान्ने

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार १६:५१

RajendraChhetriपूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल काण्डकै कारण सत्ताबाट बाहिरिएका पुष्पकमल दाहाल (प्रचण्ड) सात वर्षपछि प्रधानमन्त्री हुने तयारी गरे पछि सेनाले पुनः सेनामा फेरवदल वा हस्तक्षेत्र हुने आसंका गर्दै प्रधानमन्त्रीका रुपमा अस्वीकार गर्ने नीति लिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सेनाको मुख्यालयमा आयोजित एउटा सामाजिक कार्यक्रममा नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको बताएका थिए ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेपाली सेनाले प्रतिक्रिया जनाउँदै यसले सुरक्षा चुनौती थपिने संकेत गरेको छ । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा प्रधानसेनापतिको भनाई आएको हुनसक्ने सुरक्षा अधिकारीको बुझाई रहेको समाचार स्रोतको दावी छ । सेनाले विद्यमान राजनीतिक तथा सुरक्षास्थितिको सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको हो ।