८ बैशाख २०८१, शनिबार
Follow Us

मेड्स्टोनमा खुल्ला बक्सिङ प्रतियोगिता सम्पन्न

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०७:४४

गत शुक्रबार २८ अप्रिलका दिन मेड्स्टोन टाउनको मोट हलमा मेड्स्टोन गोर्खा बक्सिङ्ग क्लबको पाचौ बार्षिक खुल्ला बक्सिङ्ग प्रतियोगिता सम्पन्न भएको छ । काउन्सिलर तथा उपमेयर माल्कम ग्रीरले सो प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । राती करिब ८ बजेबाट शुरु भएको उक्त बक्सिङ्ग प्रतियोगितामा जम्मा १४ वटा प्रतिस्पर्द्धा भएका थिए भने बेलायतभरिका १२ भन्दा बढी क्लबहरुले भाग लिएका थिए ।

सो वार्षिक खुल्ला प्रतियोगितामा मेड्स्टोन गोर्खा बक्सिङ्ग क्लबको तर्फबाट ९ जना प्रतियोगीहरुले भागलिएका थिए भने प्रसंग थापा, यडम बेनार्दुट, बेन्जामिन क्षेत्री र रेश्वन राई तीन राउण्डको खेल पश्चात विजयी भएका थिए ।

करिब ६०० जना दर्शकहरुले भरिएको मोट हलमा स्थानीय नेपालीहरुको पनि त्यतिकै उपस्थिति थियो । क्लबका सचिव दिनेश खड्काको संयोजकत्वमा व्यवस्थित उक्त कार्यक्रममा पदम थापा, बुद्ध गुरुङ, अग्नि थापा, सानु गुरुङ, सन्जीब पाण्डे, मिनु गुरुङ, भेक छन्त्याल, सूर्य तामाङ्ग, भुपाल गुरुङ एवम् नेपाली समाजका सदस्यहरुले सहयोग गर्नु भएको थियो ।

सो कार्यक्रममा खानपिनको व्यवस्थापन मिना भुजेलले गर्नु भएको थियो ।

मेड्स्टोन सी कडेटको अग्रसरतामा आयोजना गरिएको राफल बाट क्लबका लागि £२०१.०० रकम संकलन भएको थियो ।

पूर्व गोर्खा सैनिक झपट भुजेल र स्थानीय नेपाली समाजका सदस्यहरुको पहलमा मेड्स्टोन गोर्खा बक्सिङ्ग क्लबको स्थापना २००९ सालमा गरिएको थियो । भुजेलले नेपालको तर्फबाट सन् १९८८ मा सोल (दक्षिण कोरिया) मा आयोजित ओलम्पिकमा भागलिनुको साथै दुई पटक सन् १९९१ र १९९२ मा हंगकंग च्याम्पियनको उपाधिपनि हात पारि सक्नु भएको छ । त्यसैगरी उहाँ सन् १९९२ र १९९३ मा बेलायतको आर्मी च्याम्पियन घोषित हुनुभएको थियो।