६ बैशाख २०८१, बिहीबार
Follow Us

साउदी अरवमा नेपालीलाई एनआरएनद्वारा आश्रय

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०७:५५

गैरआवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ ।

दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रीय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान, कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलीले नेपाली श्रमिकलाई भेटी अस्थाई आवासको व्यवस्था गरिदिएको हो ।
एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुने गरी दैनिक आवश्यक समाग्री, भाँडाकँुडा, चुलो, ग्यास लगायत खाद्यान्यको व्यवस्था गरिएको छ ।

साउदी सरकारद्वारा दिइएको ३ महिने आममाफीको समय सकिनै लाग्दा उनीहरु जेद्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको लागि दमाम आइपुगेका थिए । बस्ने ठाँउ नभएपछि उनीहरु सिको गार्डेनमा वस्न बिवश भएको थियो ।

एसओसए म्यानपावरलाई ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरी कम्पनीमा पुगेका तुल्सीपुर दाङका सुनिल डाँगीले म्यानपावरले भनेको जस्तो नभएपछि कम्पनी छाडेर काम गरेको बताए ।
ती मध्ये १३ जनाले नेपालीले काममा लगाएर तलब नदिएपछि आफुहरुसँग रकम नभएको बताए । तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।