१२ बैशाख २०८१, बुधबार
Follow Us

विश्वप्रख्यात लन्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०८:१८

लन्डन– लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा भव्यरुपमा बुद्ध जयन्ती मनाइएको छ । शान्तिको दूत गौतम बुद्धको शान्तिको सन्देश ,पर्यटन प्रबद्र्धन र बुद्धको जन्म स्थलको बारेमा विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइएको हो ।
बुद्ध जयन्ती मनाउन बिदेशी र सयौं नेपाली समुदाय उत्साहित भएर जम्मा भएका थिए । आइतबार साँझ लण्डनको मुटु ट्राफलगर स्क्वायरमा सयौंको संख्यामा उपस्थिति नेपाली तथा बिदेशी बुद्ध जयन्तीमा सहभागी भए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल बुद्धभूमि रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रबद्र्धन गर्न अझै नसकिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पर्यटन बोर्डको यूके प्रतिनिधी पशुपति भण्डारीले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तब्य रहेको बताउँदै नेपाल भ्रमणका लागि आग्रह गरे ।

कार्यक्रमलाई बेलायती संसद सिमा मलोहत्रा गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य, एनआरएन यूके उपाध्यक्ष हिराधन राई, कृषि राज्यमन्त्री राधिका तामाङ, एभ्रेष्ट गौतम लगायतले लगायतले सम्बोधन गरेका थिए भने सञ्चालन गणेश खड्काले गरे ।

बेलायतका पूर्वसांसदहरु, बेलायतका लागि विभिन्न देशका राजदूतहरु, कुटनैतिक नियोगका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकोे उपस्थिति थियो ।

लण्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके, बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको ले आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व दिपक श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा डा. सुमन शाक्यले बुद्ध दर्शनका बारेमा प्रवचन दिए ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको थियो । जसअनुसार स्वयंसेवक संयोजकमा जीवन सेन, साँस्कृतिक संयोजकमा सूर्य गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । करिब २ सयको उपस्थित रहेको कार्यक्रममा खादा, आसन ग्रहण र लामो भाषणले स्थान पाए पछि उपस्थित जनसमूदायले ‘नेपालीपार’ भन्दै आयोजकको आलोचना गरेका थिए ।

फोटो- शिव भण्डारी
18341986_1833183230335722_7743254005380360510_n

18301784_1833183107002401_1747557645672417318_n

18274749_1833183060335739_7483092460867665597_n

18275127_1833183363669042_4053053107328212138_n

18300936_1833183017002410_7735093649543142660_n

18301479_1833183237002388_617244926639733657_n

18423838_1833183353669043_6370865409852781022_n