१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुग्लिन नारायणगढ सडक २४ सै घन्टा खुला

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०८:५४

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकमा आजबाट २४ सै घन्टा यातायात सुचारु हुने भएको छ । सडक निर्माणमा खटिएका मजदुर पनि चुनावका लागि घर जाने र अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने भएकाले आजदेखि १० दिनका लागि बाटो खुला गर्ने निर्णय गरिएको मुग्लिन नारायणगढ सडक आयोजनाले जानकारी दिएको छ ।
यसअघि उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । सडक जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ । अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको छ ।
समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर सडक निर्माण कार्य हुँदै आएको छ । उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा छ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् ।
नारायणगढ मुग्लिङ सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् । । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको सहयोगमा सडक विस्तार कार्य भइरहेको छ ।