२६ बैशाख २०८१, बुधबार
Follow Us

दमकमा गोर्खा ब्रदर्श

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०९:३०

काठमाडौं । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिस करिअर बनाउन चाहने युवाहरुका निम्ती लक्षित गरी दमकमा गोर्खा ब्रदर्श ट्रेनिङ एकाडेमी संचालनमा आएको छ । अनिबार्यजस्तै मानिने प्रि आर्मी ट्रेनिङका लागि देशभर दर्जनौं सेन्टरहरु संचालित रहेपनि पूर्वाञ्चलमा प्रभावकारी एकाडेमीहरु छैनन् ।
आर्मीमा भविष्य देखेका युवाहरुलाई आवश्यक शिक्षा र शारीरिक अभ्यास गराउन आइतबार झापाको दमकमा गोर्खा ब्रदर्शले आफ्नो शाखा र सेवा विस्तार गरेको हो । एक भब्य समारोहबीच शाखा उदघाटन गरिएको छ ।
नेपाली युवामाझ आकर्षक बन्दै गएको ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा भर्ती हुन चाहने युवाका लागि पूर्व तयारी कक्षा लिन अब गोर्खा ब्रदर्श ट्रेनिङ एकाडेमी भरपर्दो गन्तव्य हुने एकाडेमीका निर्देशक एकराज नेम्बाङले जानकारी दिए ।
अभ्यासका लागि आवासीय सुविधासहित शाखा समुद्घाटन गरिएको एकाडेमीका दमक शाखा प्रमुख नन्दहाङ नेम्बाङले बताए । उनका अनुसार दमकमा शाखा स्थापनासँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ लगायत जिल्लाका इच्छुक प्रशिक्षार्थीलाई सहज हुनेछ ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, अनरेरी क्याप्टेन दिगम्बर शेर्मा लिम्बू लगायतले एकाडेमी संचालकहरुलाई बधाई दिए । एकाडेमीकी ब्राण्ड एम्बासडर रहेकी कलाकार सिर्जना निङ्लेखुले रिबन काटेर शाखाको कार्यालय उद्घाटन गरेकी थिइन् ।
एकाडेमीले क्रमशः आर्मी प्रि ट्रेनिङका अतिरिक्त विभिन्न भाषाका कक्षाहरु, सेक्युरिटी सर्भिस, वेरिङ, प्लम्बिङ लगायतका तालिम पनि सञ्चालन गर्दै जाने एकाडेमीका रमेश तुम्रोकले जानकारी दिए । दमक -५ भृकुटीचोकमा रहेको एकाडेमीमा हाल ३५ भन्दा बढी युवा प्रशिक्षणमा सहभागी रहेका छन् ।
न्यूनतम एसईई तहको परीक्षामा उत्तिर्ण र १७ वर्ष ५ महिना उमेर पुगी २१ वर्ष उमेरभित्रका युवाले बिट्रस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा आवेदन गर्न सक्छन् ।