४ बैशाख २०८१, मंगलवार
Follow Us

‘द प्लान’ शुक्रवार देखि युट्युबमा

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार ०९:३४

हङकङमा बनेको पहिलो नेपाली चलचित्र ‘द प्लान’ शुक्रवार देखि युट्युब मार्फत हाईलाईट्स नेपालले सार्वजनिक गरेको छ ।
प्रविन बराईलीको निर्देशन, छायांकन , र सम्पादन हो भने लेखक प्रबिन र दिप मग्रति ले गरेका हुन यो फिल्मलाई कृष्णबहादुर लाम्गादेको निर्माणमा गरेका हुन। चलचित्रमा सह निर्माताको युद्ध पुन, शिव लिम्बु, दिपेश लाम्गादे, सन्तोष लाम्गादे र रत्न लाम्गादे रहेका छन् । उक्त चलचित्रमा संगित प्रकृत बराईली गरेका छन साथै स्वर सन्दीप ले दिएका छन ।
नायक दत्तले फ़िल्मी करीअर यसै चलचित्र बाट सुरू गरेका थिए।

हङकङ र बेलायमा लामो समय बसेर पनि अभिनयमा सक्रिय धुर्व दत्त फिल्मका मुख्य कलाकार हुन् । अभिनय क्षेत्रमा खारिएका धुर्वले अभिनय गरेको पछिल्लो फिल्म ‘तिन घुम्ती’ र हालसालै बेलायतमा अत्यधिक चर्चामा रहेको नाटक “जीगिषा” मा पनि राम्रो चर्चा बटुल्न सफल भएका छन। फिल्ममा धुर्वसंगै जुनु पुन, सर्बिना श्रेष्ठ, युद्दा पुन र शिवा लिम्बु लगायतका कलाकारको अभिनय गरेका छन।उक्त चलचित्र ‘द प्लान’ सस्पेन्स बिषय बस्तुलाई समेटी अाम दर्शकलाई अाकर्षक बनाउन सफल भएको देखिन्छ। सो चलचित्रको सम्पूर्ण छायंकन हङकङमा भएको हो।