७ बैशाख २०८१, शुक्रबार
Follow Us

गच्छदार १२ औं पटक मन्त्री

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार १४:४०

काठमाडौं । विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा संलग्न गराएका छन् । फोरम लोकतान्त्रिकबाट गच्छदारसहित जितेन्द्र देव र गोपाल दहित सरकारमा गएका हुन् । गच्छदारले उप-प्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जितेन्द्र देबले पर्यटन तथा संस्कृति र गोपाल दहितले भूमीसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । गच्छदारसहितका तीन मन्त्रीले आजै राष्ट्रपति विद्यादेबी भण्डारीबाट सपथ लिएका हुन् ।
यसअघि सोमबार दिउँसो बसेको लोकतान्त्रिक फोरम संसदीय दल र कार्य सम्पादन समितिको बैठकले गच्छदारको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो । पार्टीबाट सहभागी हुने तीन जना राज्यमन्त्रीको टुंगो भोलि लगाउने लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए । गच्छदार मन्त्री बनेको यो बाह्रौ पटक हो ।