१५ चैत्र २०८०, बिहीबार
Follow Us

वान बेल्ट वान रोडमा हस्ताक्षर गर्ने सरकारको निर्णय

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७४, सोमबार १५:०७

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनबाट नेपाल–भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेको हो । बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
‘यही वैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमन्डल चीन जाने निर्णय भएको छ’–उनले भने–‘प्रतिनिधिमन्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्नेछ ।’यस्तै, मन्त्रिपरिषदको सोमबारको बैठकले काठमाडौं उपत्यकाको चारैओटै नाकामा नयाँ व्यवस्थित सहर निर्माण गर्ने निर्णय पनि गरेको छ ।
उपत्यकामा बढ्दो चाप घटाइ व्यवस्थित बसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरिएको जनाइएको छ । बैठकले सुनसरी, मोरङ र ताप्लेजुङमा मृत्यु भएका सातजनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, वैशाख २९ गतेदेखि थाइल्यान्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि सोमबारको बैठकले गरेको छ ।