१३ बैशाख २०८१, बिहीबार
Follow Us

हारसँगै मिडिल्सब्रो रेलिगेसनमा

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:२२

लन्डन । इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई तीन शुन्यले हराएको छ । चेल्सीलाई जितमा डियगो कोस्टा, मार्कस एलोन्सो र नेमान्जा माटिकले एक एक गोल गरे । जीतसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँग सात अंकको अग्रता लिएको छ भने मिडिल्सब्रो भने रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
सण्डरल्याण्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । हल सिटी, क्रिष्टल प्यालेस, स्वान्सी सिटी, वाट्फोर्ड र बर्नलेमध्ये एक रेलिगेसनमा पर्नेछन् । लिगको दोस्रो स्थानको टोटेनह्यामको ७७ अंक छ । लिगका तीन खेल बाँकी हुँदा चेल्सीको ३५ खेलवाट ८४ अंक भएको छ । अब एक खेल जिते चेल्सीले लिगको उपाधि जित्नेछ ।