१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन विरोधि गतिविधिमा सग्लन २१ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:२९

चितवन । निर्वाचन विरोधि गतिविधिमा सग्लन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका एक्काइस जना नेता तथा कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सो पार्टी निकट अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्ण वहादुर परियार सहितका नेता कार्यकर्ता रहेका छन् । निर्वाचनको विरोध गर्ने कार्यक्रम तालिका नै सार्वजनिक गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त पार्टीको निर्वाचन विरोधि गतिविधिसँगै चितवनमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । चितवनमा स्थानीय तह निर्वाचनका लागि ३ हजार २ सय जनपथ प्रहरी र एक हजार दुई सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ ।