१२ बैशाख २०८१, बुधबार
Follow Us

आपत्तिजनक अवस्थामा पाँच भारतीयसहित १२ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:४३

झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।
पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत छन् । प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो ।
त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए ।