१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा पहिलो पटक ‘एभरेष्ट आइडल’ हुने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०८:३१

बेलायतमा पहिलो गायन प्रतिष्पर्धा ‘एभरेष्ट आइडल’ आयोजना हुने भएको छ ।

बेलायतमा रहेका प्रवासी नेपालीहरुवीच ‘एभरेष्ट आइडल’ गायन प्रतियोगिता आयोजना हुने भएको हो । बेलायतमा स्थापित एभरेष्ट इन्टरटेनमेन्ट एन्ड मिडियाहब लिमिटेड (इ-मिडिया हब) ले टेलिकन्फ्रेन्स आयोजना गरी गायन प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

इमिडिया हब लिमिटेडका चिफ इक्च्युकेटिभ ईश्वर चाम्लिङका अनुसार १३ मे अर्थात आगामी शनिबारदेखि प्रतियोगितामा सहभागितको लागि फाराम दर्ता प्रक्रिया शुरु गरिने छ ।

किँरात, राई जातिको शाकेला चाडको दिन सोही स्थलमा पहिलो पटक फाराम दर्ता शुरु गरिने जनाइएको छ ।

सहभागीहरुको सुबिधाको लागि अनलाइन, इमेल, फेसबुक, टेलिफोन लगायतका माध्यमबाट पनि फाराम लिइने जनाइएको छ ।

आगामी मे २८ तारिक आयोजना हुने गोर्खा कपमा पनि प्रत्यक्ष दर्ताको स्टल राखिने साथै कम्पनीले आयोजना गर्ने ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ कार्यक्रमहरुमा पनि दर्ताको टेबल रहने छ ।

बिभिन्न ६ चरणका कार्यक्रमहरुवीच छनौट हुँदै अक्टोबर २८ तारिक अल्डरसटको एम्पायर हलमा आयोजना हुने ग्रान्ड फिनालेमा उत्कृष्ट ‘एभरेष्ट आइडल’ लाई एक हजार २ सय पाउन्ड -करिब १ लाख ५० हजार रुपैयाँ), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

इ-मिडिया हव लिमिटेड युकेले यही मे २० तारिकदेखि बेलायतको बिभिन्न शहरहरुमा बहुचर्चित गायीका मेलिना राई र रेवत राईलाई नेपालबाट बोलाएर साथै बेलायतको चर्चित र्‍यापर गोम्जा लामा, युके डान्स अफ बिजेता चर्चित डान्सर जेनी सुनुवारसहित युथ बिशेष कार्यक्रम ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ को युथ होस्ट लेक्स लिम्बु र निआ देवानको साथमा आयोजना पनि गर्ने जनाएको छ ।