१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिलो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार १३:४४

काठमाडौं । स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदान बैशाख ३१ गते हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका, १ सय ८६ गाउँपालिका गरी दुई सय त्रियासी तहमा निर्वाचन हुँदेछ । पहिलो चरणको निर्वाचनका लागि ६ हजार ६ सय बयालिस मतदान केन्द्र तोकिएको छ भने तीन, चार र छ नम्बर प्रदेशका चौतिस जिल्लाका ४९ हजार तीन सय सैतिस जनाले उम्मेदवारी दिएका छन् ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसैबीच, मतदानको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल बढेको छ । दलहरु आफ्नो एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छ्न भने अर्कातर्फ मतदाताहरुले पनि आफ्ना कसलाई मतदान भन्ने बहसमा लागेका छन् ।