१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गुण्डागर्दीमा संलग्न चक्रे मिलन पक्राउ

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार १३:४७

काठमाडौं । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ । गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।