१३ बैशाख २०८१, बिहीबार
Follow Us

सर्बोच्च अदालतको कार्यक्रम प्रधमनमन्त्रीद्वारा बहिस्कार !

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार १५:३३

काठमाडौं । सर्बोच्च अदालतले कानून दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भए ।
६५औं कानून दिवसको अवसरमा प्रधान न्यायाधीस सुशीला कार्कीको उपस्थितीमा सर्बोच्च परिसरमा मंगलबार आयोजना गरिएको चियापानमा सभामुख ओनसरी घर्ती, महान्यायाधिवक्ता रमण श्रेष्ठ र कानून मन्त्री अजयशंकर नायक पनि सहभागि भएनन् ।
यसअघिका बर्षमा सर्वोच्चले कानून दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा कार्यपालिका र व्यवस्थापिकाका प्रमुखहरुको पनि सहभागिता रहने गरेको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दवहादुर पुन भने सहभागी भएका थिए । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउन सर्बोच्चले अन्तरिम आदेश दिएपछि कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाबीचको दूरी बढेको अनुमान गरिएको छ ।