१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार १५:४०

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने दाबी गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नं १ का विभिन्न स्थानमा आज आयोजित चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुको विकल्प नभएको दाबी गर्नुभयो ।

नवलपरासीको प्रदेश नं ४ मा रहेको हुप्सेकोट गाउँपालिका–३ देउरालीमा भएको चुनावी आम सभालाई सम्बोधन गर्नुहँुदै डा कोइरालाले यस्तो बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै कोइरालाले उर्लंदो जनसागरले नेपाली काँग्रेसको विजय सुनिश्चित गरिसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

कावासोतीको विष्णुनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संविधान जारी गरेको काँग्रेसले अब जनताको घरघरमा सिहंदरबारको अधिकार सुम्पिन लागेको बताउनुभयो । जिल्लाको बुलिङटार, डेढगाउ, कीर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको विष्णुनगरमा आयोजित चुनावी सभामा सम्बोधन गर्नुभएको थियो ।

महामन्त्री कोइरालाले आजै नवलपरासीको देवचुली, बन्दीपुरलगायतका स्थानमा समेत चुनावी अभियानमा सहभागी बन्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र रहेको नवलपरासीको क्षेत्र नं १ मा तीन दिनसम्म पार्टीको प्रचार प्रसार अभियानमा महामन्त्री कोइराला सहभागी बन्ने योजना छ ।