१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इच्छाकामनावासीको रुखमा मतदान गर्ने इच्छा

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार १५:४४

चितवन । चितवनको पहाडी क्षेत्रमा रहेको ईच्छाकामना गाउँ पालिकामा एक मात्र प्रमुख पदको उम्मेदवार महिला भएकाले पार्टी भन्दा माथि उठेर महिलालाईनै भोट हाल्ने ईच्छाकामनाका महिलाहरुले प्रतिवधता जनाएका छन् ।
घरदैलो कार्यक्रमको शिलशिलामा ईच्छाकामना गाँउ पालिका वडा नम्वर ३ अन्तरगत कुरिनटार, नयाँ वस्ती, कुरीनघाँट, चुम्लिङ्टारलगायतका क्षेत्रका महिला अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । महिला सशक्तिकरणका साथसाथै भित्री सडकहरुको स्तरउन्नति, खानेपानीको उचित व्यवस्था, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा विशेष काम गर्नुपर्ने बताउदै उनीहरुले महिला उम्मेदवारलाई निर्वाचित गराई छाड्ने बताए ।
सो अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख एवं उपप्रमुखले ईच्छाकामनाको विकास गर्दै धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने बताएका थिए ।
नेपाली काँग्रेस ईच्छाकामना गाउँपालिकाका प्रमुखको उम्मेदवार गीता गुरुङ उपप्रमुखका उम्मेदवार कृतिकुमार श्रेष्ठ, क्षेत्रीय सदस्य भविश्वर गुरुङ, सावित्रि पुडासैनी एवम् वडा अध्यक्ष र सदस्यहरुको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो । ११ हजार मतदाता रहेको सो गाउँपालिका सडक खानपानी लगायत विभिन्न क्षेत्रमा विकास पुुग्न सकेको छैन ।