१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल भोलि चितवन जाने

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार १६:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि चितवन जाने हुनुभएको छ । चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा र दाहाल चितवन जान लागेका हुन् । कांग्रेस–माओवादीको तालमेलबाट असन्तुष्टलाई सम्बोधन गरेर चुनावी महोल तयार गर्न शीर्ष नेताहरुको चितवन भ्रमण हुन लागेको हो ।
भरतपुरको बसपार्कमा मध्यान्न १२ बजे कांग्रेस–माओवादीले संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कांग्रेस माओवादीबीच मेयर र उपमेयर पदमा तालमेल भएपछि भरतपुरमा आयोजना हुने संयुक्त चुनावी सभालाई शीर्ष तहले पहिलो पटक सम्बोधन गर्न लागेको हो ।
सभापति देउवाका लागि उपयुक्त वातावरण बनाउन रक्षामन्त्री बालकृष्ण खाँण बुधबार नै चितवन पुगेका छन् । पार्टी सभापति देउवाको पक्षमा महोल बनाउन मन्त्री खाँण चितवन पुगेका हुन् । सभापति देउवाले मेयर र उपमेयर पदमा माओवादीसँग तालमेल गर्नुपर्ने कारण चुनावी सभाबाट स्पष्ट पार्ने बताइएको छ ।