११ बैशाख २०८१, मंगलवार
Follow Us

अस्ट्रेलियामा रहेका नेपालीद्वारा आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार ०६:५९

सुरुङ्गा । दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेका हुन् । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित बनेका ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा रकम सङ्कलन गरेर उनको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।

पत्रकार उपचार कोषलाई सहयोग
यसैगरी, समाजसेवी डिल्ली प्रसाईंले पत्रकार सहारा उपचार कोषका लागि रु २५ हजार १६५ रुपैयाँ सहयोग गर्नुभएको छ । बिर्तामोड नगरपालिका–५ महानन्द चौक निवासी प्रसाईंले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष रु एक करोडको बनाउने लक्ष्य लिएको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासङ्घका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताउनुभयो । प्रसाईंले आफ्नो तर्फबाट केही समयभित्रै कोषमा थप रकम प्रदान गरेर रु ५१ हजार पु-याइदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।