१२ बैशाख २०८१, बुधबार
Follow Us

आजदेखि मतदाता परिचय पत्र वितरण

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार ०७:०३

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मतदान केन्द्रवाटै परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेकाले आजवाट परिचय पत्र वितरण गरिने बताइएको छ । आजदेखि ३० गतेसम्म परिचय पत्र वितरण गरिने आयोगले जानकारी दिएको छ । पहिलो चरणअन्तर्गत मतदान गर्ने ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको परिचयपत्र जिल्ला हुँदै स्थानीय तहमा र मतदान केन्द्रमा पुगेको हो ।

आफुले मतदान गर्ने केन्द्रवाट आफैं उपस्थित भएर परिचय पत्र लिन आयोगले मतदातालाई आग्रह गरेको छ । परिचयपत्र लिन सकेसम्म मतदाता आफैं उपस्थित हुनुपर्ने र सम्भव नभए एउटै घरका सदस्यले मात्र स्थानीय जनप्रतिनिधिको रोहवरमा लैजान पाउने बताइएको छ ।

परिचयपत्र लिन आफ्नो मतदान केन्द्रमा जानुपर्ने हुन्छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भन्दै विशेष प्रकारको तस्बिरसहित तथा बारकोडसमेत प्रयोग गरेर नयाँ परिचयपत्र बनाएको हो ।

परिचयपत्रमा मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने ‘क्युआर कोड’ राखेको फोटोसहितको मतदाताको विस्तृत विवरणसमेत राखिएको छ भने पानीबाट बचाउन लेमिनेसनसमेत गरिएको छ ।