July 8, 2020
4:18 PM | 9:03 PM

देशको समृद्धिका लागि मतदान : महामन्त्री कोइराला

  11th May 2017 मा प्रकाशित

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राख्नुभएको हो । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली काँग्रेसको काँधमा आउने विचार राख्नुभयो ।

प्रतिक्रिया