१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोस्ट वान्टेड बब्लु दुवेको गोली हानी हत्या

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १४:३८

काठमाडौं । नेपाल प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी बब्लु दुवेको गोली हानी हत्या गरिएको छ विहारको बेतियास्थित अदालत पुगेका दुवेमाथि अदालतको सिढी चढ्ने क्रममा दुई युवाले अन्धाधुन्द गोली प्रहार गरेका थिए ।
गोली लागी घाइते भएका दुवेलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । तर बाटो मै उनको मृत्यु भएको जनाइएको छ । विहार पूर्वी चम्पारण जिल्लाअन्तर्गत कल्याणपुर थानको सिसवा खरार निवासी बब्लु दुवेमाथि भारत र नेपालमा गरी दर्जनौं अपराधको आरोप लागेको छ । वीरगन्जका व्यापारी सुरज केडियाको अपहरण समेत बब्लुले नै गराएको आरोप लागेको छ । पछिल्लो समय बब्लु मोतीहारी जेलमा कैदी बन्दी थिए ।