६ चैत्र २०८०, मंगलवार
Follow Us

स्थाीय तहको निर्बाचन र मतदान प्रक्रिया

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १५:१४

krishnaकृष्ण मुरारी पुडासैनी

हामी प्रजातान्त्रिक ,लोकतान्त्रिक वा गणतान्त्रिक जे भने पनि प्रतिनिधिमुलक शासन ब्यवस्थामा छौ । जहाँ जनता स्वयं शासन ब्यवस्थामा भाग नलिई आफ्नो प्रतिनिधि मार्फत सञ्चालन गर्ने पद्धतिमा छन् । सिद्धान्ततः हामी अप्रत्यक्ष प्रजातन्त्रमा छौ । जहाँ जनता आफ्नो मतको प्रयोग गरेर आफ्नो प्रतिनिधि छान्ने गर्छौ । त्यसैले चुरो कुरो चाँहि प्रजातान्त्रिक मुलुकमा प्रतिनिधि छान्ने अधिकार कस कसलाई छ त भन्ने बिषय महत्वपुर्ण हुनसक्छ ।
अहिले हामीले मताधिकार प्रयोग गर्ने भनेको आधुनिक ब्यवस्था हो । जसलाई केही विद्धानहरुले मतदानका शर्तहरु मानेका छन् । उमेर, सम्पति ,शिक्षा, बसोवास, धर्म, नागरिकता र लिंग जस्ता पर्दछन् । विशेषतः उमेर पुगेका महिला तथा पुरुषहरुलमा मत खसाल्ने अधिकार छ । मतदान हामीले प्रतिनिधि चुन्नका लागि गर्छौ । तर प्रजातान्त्रिक मुलुकमा वा दलिय ब्यवस्था भएको मुलुक चाहि आफ्नो उम्मेदवार वा दलले चुनेको उम्मेदवार मै शंका भयो भने कसरी मत दिन सकिन्छ वा कसरी असल नागरिक वन्न सकिन्छ भन्ने पनि मुल प्रश्न हुन सक्छ । जहाँ नो भोट वा च्ष्नजत तय चभवभअत को पनि प्रसंग आएकै हो, तर यसको अभ्यास हामीले यसपाली प्रयोग गर्न नपाउने भएका छौ । सरकारले निर्वाचन प्रणली र मतदान शिक्षा वारे अभियान पनि चलाएको सुनेको छु, तर ठुलो नगरको कुनै सानो वस्तीमा सिमित ब्यक्तिहरुको उपस्थितिमा ।। मेरो आमालाई मतपत्रको नमुना दिएर परिक्षण गरेको मत बदर हुने देखियो । मेरो भाई राजनितिमा ध्यान दिदैन , जो कम्प्युटरको सफ्टवेयर गर्दैछ, उसले पनि मतपत्रको नमुनामा बदर गर्दियो । कसको दोष ? हाम्रो शिक्षा पद्धतिको वा ब्यक्तिको ? सरकारले मतदाता शिक्षा सञ्चार माध्यम वा अन्य स्रोत मार्फत चलाएकै हो, तर त्यो तह सम्म पुग्न नसकेको भने पक्कै देखिएको छ । समाजमा कुनै कागजातमा कहाँ औंठा छाप लगाउने कहाँ हस्ताक्षर गर्ने र सानो लिखत लेख्न त लेखापढि गर्ने मान्छे लगााउनु पर्ने चलन छ, यस्तो समाजमा आफ्नो नेतृत्व छान्ने बेलामा अलिकति तल बितल पर्न नहुने मतपत्रमा कसरी सदर होला मत, कति प्रतिशत बदर होला भन्ने चिन्ता छ । यति प्रतिशत बदर भए फेरी चुनाव गर्ने भन्ने पनि नियम छ र ?
मताधिकारका केहि सैद्धान्तिक कुराहरु प्नि छन् तर सिद्धान्त नै मान्ने कुरा पनि यसमा त्यति देखिदैन । एउटा हरेक राज्यका नागरिकहरुले स्वभावत ः समान भएको हकले मताधिकार प्रयोग गर्न सक्छन् , किनभने जनता नै राज्य शक्तिको स्रोत हो । तर मान्यताहरु साच्चै नै मतदानमा आफ्नो नैतिकता प्रदर्शन गर्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने मुख्य रुपमा हुन सक्छ । उमेरको हक मतदातामा लागेको हुन्छ । नावालकले भोट दिन पाउँदैनन् किनकि उनीहरुले मतको सदुपयोग गर्न जान्दैनन् । हाम्रो देशमा १८ वर्ष उमेर तोकिएको छ, अव भनौं शारीरिक रुपले १८ वर्ष पुगेपनि मानसिक तवरवाट कति सक्षम होला र उमेर ज्यादा भएर पनि मानिसले होश गुमाउन सक्छ, वा कोही ब्यक्ति मानसिक रोगी भएमा कस्तो मतदान होला ? कस्तो ब्यक्तिलाई चुन्ला ? र वालिग मतदाताकै आधारमा मत खसाल्दा आफ्नो नैतिकता कति हदसम्म प्रयोग गर्ने क्षमता नै पुगे नपुगेको कसरी जाच्ने भन्ने जिज्ञासा छ । दलको झण्डा बोक्ने वा नबोक्ने नारा लगाउने वा नलगाउने र घोषणपत्र हेर्न जानेको वा नजानेको भन्ने जाच्ने कुनै पद्धति वा सुचक छ र ? हामी कसरी सफल नेतृत्वको कल्पना गर्न सक्छौ ?
भनिन्छ, देशका साधारण जनता अज्ञानी र अशिक्षित हुन सक्छन्, सरकारले यो बुझ्नै पर्छ, जसले गर्दा कस्तो ब्यक्ति छान्ने भन्ने ज्ञान नभएकोले मत सदुपयोग हुन सक्तैन । यस्ता ब्यक्तिहरुलाई राजनिति प्रलोभनमा पारेर दुरुपयोग हुने देखिन्छ ।
लोकतन्त्रमा सब नागरिक समान हुन्छन् । लोकतन्त्रमा मुर्ख ब्यक्ति र बुद्धीमानी ब्यक्तिको मतभेद हुदैन । हाम्रो जस्तो समाजमा समाज बुझ्ने ,शिक्षित र योग्य ब्यक्तिहरु कमै पाईन्छ । लोकतान्त्रिक ब्यवस्थामा मुर्ख, अज्ञानी र बुद्धिमानी एकै थलोमा बसरे उम्मेद्धारी दिनु र मतदान गर्नु मा मुर्खहरुकै बाहुल्य हुन्छ र यसको पराकाष्ठा असक्षम नेतृत्व जसको कारण सभ्य र समृद्ध समाजको कल्पना असम्भव छ । त्यसैले त केहि विद्धानहरुले लोकतन्त्रलाई मुर्खहरुको शासन भनेका होलान् ।
त्यसैले वास्तवमै सक्षम नेतृत्वको कल्पना गर्ने हो भने शिक्षित योग्य ब्यक्तिहरुलाई मात्र मतदान गर्न दिनुपर्ने मान्यता पनि केहि विद्धानहरुले नराखेका पनि होइृनन् । जहाँ मतदाताको् शर्त नै काफि हुन्छ । प्रजातन्त्रको जननी मानिने मुलुक बेलायतमा सन् १९३२ सम्म सम्पतिकै आधारमा मतदानको अधिकार प्रदान गरिन्थ्यो । विद्धान जे.एस मिलका अनुरार सम्पति नकमाउने मानिस समाज प्रति बफादार नहुने र राज्यको आवश्यकता र गतिविधिमा चासो नराखी गैर जिम्मेवार हुन्छन् । त्यसैले उनीहरु मतको सदुपयोग गर्दैनन् र उद्यमी हुदैनन् जसले भष्टाचार जस्ता कुसंस्कार फैलन्छ । यो उक्ति अप्रजातान्त्रिक ठानिए पनि पुरै अब्यवहारिक नै हो भन्न चाहि मिल्दैन ।
आफ्नो स्थानमा नजन्मेका तर स्थायी बसोवास गरेकालाई नेतृत्व र मतदाता मात्र वनाए पनि यसले मतदान दुरुपयोग हुने गरेको पाईन्छ । जसले अराजकताको स्थिति पैदा गर्न सक्छ । तसर्थ मतदानको शर्तहरुमै मानिने यो विश्लेषणलाई विश्वका कयौं देशहरुले यो कुरा स्विकारेका छन् भने स्थानीय तहमा त झन् अपनत्वको भावना संग खेल्न सकिने हुनाले यसले अझ सम्वन्ध राख्छ ।
कुरो आयो धर्म को , कतिपय मुलुकमा धर्मकै आधारमा नेतृत्व त के मतदाता समेतमा बन्देज लगाईएको छ । धर्मको आधारमा बेलायत संसदको तल्लो सदन ज्यगकभ या ऋयmmयलक का सदस्य हुन पाउँदैन । पाकिस्तानमा ईस्लामी ब्यक्ति वा समर्थक मात्र रास्टपति हुन पाउँछ । अहिले परिवर्तनको वातावरणमा लोकतन्त्रको मुल्य मान्यता अनुसार यो नेपालमा लागु नभएपनि हिन्दु , स्वधर्म र संस्कार संगको भावना अनुरुप पहिचान नमास्ने नेतृत्व छान्दा भने विवेक अपनाउनु पर्ने कर्तव्य हुन आँउछ ।
बसोवास कै कारणले नागरिकता पाउने कुरा छ, यसले गर्दा भावना र राष्टियतामा केहि न केही आस्था भने फरक हुन सक्छ । जहाँ अंगिकृतको सन्दर्भ छ । हाम्रो देशमा मतदाता त छंदैछ, कस्तो नागरिकताधारी लाई नेतृत्व चयन गर्ने भन्नमा पनि विवेक प्रयोग गर्नैपर्ने देखिन्छ ।
१९ औं शताब्दी सम्म महिलाहरु लाई मताधिकारबाट बञ्चित गरिएको थियो । महिलाहरु पुरुषको दवावमा पर्छन् र मताधिकारको दुरुपयोग हुने कुरा गरिन्थ्यो । अहिले लिंगको आधारमा बिना भेदभाव यो अधिकार प्रदान गरिएको छ , तर ईजिप्टमा अहिले पनि महिलालाई मतदानको अधिकार दिएको छैन । बेलायतमा सन् १९१८, संयुक्त राज्य अमेरीकामा सन् १९२० र स्विजरल्याण्डमा सन् १९७१ म मात्र यो अधिकार दिएको थियो । हाम्रो देशमा वि सं. २०१५ सालदेखि महिला पुरुष दुवैले यो अधिकार पाएका छन् । मतदानको अधिकार पाएपनि कयौं महिलाहरु आजपनि पुरुषको दवाव र निर्देशनमा मतदान गर्न बाध्य छन्, हाम्रो समाजमा । अर्को कुरा भने उम्मेद्धारीमा पनि प्राय प्रमुखमा पुरुष र उप प्रमुखमा महिला हुनु मात्र बाध्यकारी अवस्थाको उपज हो भन्न सकिन्छ । लैगिंक रुपमा विभेद गर्ने ब्यक्ति र दलहरु पनि हामीले चिन्नु पर्दछ ।
मतदान गर्न उमेरले हद तोकी मतदाता हो भनि प्रष्ट पार्छ भने उम्मेद्धारीमा यसले असक्षमताको स्थिति देखिन्छ जस्तो पटक्कै लाग्दैन । उद्यमशिल, जोश जाँगर युक्त ब्यक्ति हाम्रो नेतृत्वमा रहोस्, प्रचार प्रसारमा टन्न खर्च गरेर चुनावलाई लगानी सम्झेर ज्यादा प्रचार गर्ने अराजक दल वा ब्यक्तिलाई पनि हामीले पहिचान गर्न सक्ने हुनुपर्दछ । कम शैक्षिक योग्यता भएका ब्यक्ति वा कम अनुभवी नेतृत्व भएमा कर्मचारीको भरमा लाग्ने, डराउने, नितिगत दवावमा झस्किने जनप्रतिनिधि पनि हामीलाइृ काम छैन , त्यसैले आफ्नो समाजको संस्कृति, धर्म, समुदायको दुख बुझेर मनैदेखि जाग्न सक्ने नेतृत्व हामीले चुन्नैपर्छ । अव पनि हामी चुक्यौ भने ढिला हुनेछ , हाम्रो समृद्धिको सपनामा । त्यसैले अब राम्रो नै हाम्रो हो भन्ने भावले मतदान गरौं । शुभकामना ….