८ बैशाख २०८१, शनिबार
Follow Us

उपमेयरका प्रत्यासी शाह आर्शिवाद लिन ओम शान्तिमा

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १५:४०

चितवन । नेपाली कांग्रेसको तर्फबाट भरतपुर महागरपालिकाको उपमेयरका प्रत्यासी बन्नुभएका पार्वती शाह विहीबार आर्शिवाद लिन नारायणगढस्थित ओम शान्ति आश्रममा पुग्नुभयो । उहाँले आश्रम प्रमुख लक्ष्मी दिदीजीबाट आज बिहीबार सफलताका लागि आर्शिवाद लिनुभयो । उहाँले लक्ष्मी दिदीजीबाट उहाँले टीका ग्रहण गर्नुभयो । उक्त अवसरमा महिला नेतृत्वले सञ्चालन गरेको ओम शान्ति आश्रम विश्वभर फैलिएर अनुशासित नागरिक उत्पादनमा खेलेको भूमिको उपमेयरका प्रत्यासी शाहले खुलेर प्रशंसा गर्नुभयो ।
प्रत्यासी शाहले हिजो बुधबार आफू जनताको प्रतिनिधि बन्न उम्मेदवार बनेका बताउँदै आफ्नो सबै धर्मप्रति सद्भाव रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ४ मा रहेको बैकुण्ठेश्वर मन्दिर र १२ मा रहेको धनगडा मन्दिरको दर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

par
नेपालको पहिचान भनेको यहाँ रहेका ऐतिहासिक मठमन्दिर, सनातन संकृति रहेकाले यसको संरक्षणमा काँग्रेस लागि पर्ने बताउनुभयो । यस वर्षको बुद्ध जयन्तीको प्रसँग जोड्दै उपमेयरका प्रत्यासी शाहले बुद्ध भगवान नेपालकै  गोैरव  भएको  बताउनु भयो । सो अवसरमा उहाँले नेपाल भुमिमा बुद्ध,  सीता माता, सामाजिक योद्धा योगमाया सम्मान सबैले गर्नुपर्ने धारणा राख्नु भएको थियो । अहिलेको समय भनेको विकासको भएकाले जनताको चाहना विकासका लागि हुनुपर्ने उहाँको भनाई थियो ।