७ बैशाख २०८१, शुक्रबार
Follow Us

नायक धु्र्ब दत्तको पहलमा बेलायतमा संकलित सहयोग कलाकार दीपक क्षेत्रीलाई प्रदान

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १५:५९

बरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन । बेलायतबासी नेपाली चलचित्रका नायक धु्र्ब दत्तको पहलमा यो रकम बेलायतमा संकलन गरिएको थियो । रकम बिहिबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा सन्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले सम्युक्त रूपमा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रममा प्रबासी नेपालीहरूको माया र साथ आफूले सधै पाएको कुरा बताउंदै कलाकार क्षेत्रीले बेलायतमा रकम संकलन गर्दिनु हुने अभिनेता धु्र्ब दत्तलाई धन्यवाद दिनु भयो । अभिनेता दत्तले बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको कुरा बताएका छन ।