१५ चैत्र २०८०, बिहीबार
Follow Us

मतदानलाई वर्षाले स्वागत गर्ने

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७४, शुक्रबार ०७:२७

काठमाडौं । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।
विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा भने मेघगर्जनसहित वर्षा पनि हुनेछ । ३१ वैशाखसम्म छिटफुट रूपमा वर्षा भइरहने मौसमविद् श्रेष्ठले बताए । अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमी क्षेत्रमा कम वर्षा हुने देखिएको छ ।