१५ चैत्र २०८०, बिहीबार
Follow Us

आम्स्टर्डाममा रामकृष्ण ढकाल साँझ

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७४, शुक्रबार ०७:३३

नेदरल्याण्डस् । नेपाली गीतसंगीत क्षेत्रका मुर्धन्य श्रष्टा, संगीत साधक रामकृष्ण ढकालले यूरोप सांगीतिक यात्रा २०१७ को शिलशिलामा यही मे २२ का दिन नेदरल्याण्डस्को आम्स्टर्डाममा आफ्नो सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । नेदरल्याण्डमा बासोबास गर्ने सम्पूर्ण नेपालीहरुको अपार मायाका साथ आयोजना हुने उक्त कार्यक्रममा उहाँले आफ्ना नयाँ तथा पुराना सदाबहार गीतहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नुहुनेछ । विगत ३ दशकदेखि नेपाली गीत संगीतमा नै तल्लीन ढकालका गीतहरु हरेक नयाँ तथा पुराना पिढीहरुमा उत्तिकै लोकप्रिय रहेका छन् । ढकालले विगत देखि नै विश्वको विभिन्न स्थानहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने क्रममा यसपटक नेदरल्याण्ड्सको आम्स्टर्डाममा आफ्नो प्रस्तुती दिँदै हुनुहुन्छ ।
विगतमा यूरोपका अन्य मूलुकहरुमा धेरैपटक आफ्नो प्रस्तुति दिँदै आउनुभएका ढकालको नेदरल्याण्डस्मा भने यो पहिलो प्रस्तुति भएको कारणले पनि बिशेष कार्यक्रम हुने बिश्वास गरिएको छ ।
– अम्बिका गिरी