१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्मलबाट पत्रकार उपचार कोषलाई ५० हजार

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७४, शुक्रबार ०७:५८

विर्तामोड । झापा विर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले ”पत्रकार सहारा उपचार कोष”का लागि रु ५० हजार प्रदान गर्नुभएको छ । विर्तामोड– ५ निवासी भट्टराईले आज उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभएको हो । निर्मल नेपाल अलँैची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड शाखाका उपसभापति हुनुहुन्छ ।

घाइते तथा बिरामी पत्रकारको उपचारमा सहयोग पु-याउन महासङ्घले थालेको अभियानको उहाँले सराहना गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोषमा रु एक करोड पु-याउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको महासङ्घका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीकाअनुसार कोषमा दाताको नाम आजिवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने तर त्यसको ब्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।