१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लन्डनमा उत्तर कोरियाबारे चिन्ता

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार ०७:४४

लन्डन । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला लन्डनमा भने उत्तर कोरियाको लोकतन्त्र र मानवअधिकारबारे आउँदो विहीबार अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ । वेस्ट मिनिस्टरको सेन्टरल हलमा आयोजना हुने उक्त गोष्ठी राष्ट्रिय मानवअधिकार आयोग कोरिया र उत्तर कोरियाका लागि मानवअधिकार एलाइन्स यूरोपको संयुक्त आयोजनामा हुन लागेको हो ।
गोष्ठीमा बेलायतको संसद विगठन भएकाले संसदीय टोली सहभागी नहुने भएको छ भने राजनीतिक दलका नेता, नीति निर्माता, सामाजिक अभियान्ता र उत्तर कोरियाबाट युरोप शरण लिइरहेका अधिकारकर्मीहरुले भाग लिने छन् ।
चारवटा सत्रमा विभाजित उक्त गोष्ठीमा उत्तर कोरियाबाट प्रवाह हुने सूचना, बालअधिकार र अपराधसम्बन्धी छलफल हुने उत्तर कोरियाली शरणार्थी नेता जेयन पार्कले जानकारी दिइन् ।
उत्तर कोरियामा मानवअधिकारसम्बन्धी एसियास्तरको गोष्ठी नेपालमा पनि आउँदो अगष्ट महिनामा आयोजना हुने ग्रामीण क्लब हाउस नेपालका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए ।