१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार ०८:२३

हेटौडा । मनहरि गाउँपालिका-१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।
उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ ।
घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ । उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
– रासस