१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एभ्रेष्ट कप मंगोलियन भान्जाको हातमा

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार २२:५१

1लन्डन । सहारा यूकेको आयोजनामा शनिवार सम्पन्न एभरेष्ट कप फुटबल टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले हात परेको छ । फेल्थाम कम्युनिटी कलेजमा भएको टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल कल्वलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो ।
सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो ।
प्रतियोगिताका विजेता मंगोलियन भान्जाले कप सहित १७ सय पाउण्ड हात परेको छ भने उपविजेता बिबिसीले ७ सय पाउण्ड र ट्रफी जितेको छ । खेलको म्यान आफ दी म्याच मंगोलियन भन्जाको किरण राई भए ।

प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । खेलको कप स्पोन्सर गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले गरेका थिए । यस्तै प्रथम पुरस्कारको स्पोन्सर एभ्रेष्ट क्यास एण्ड करीले गरेको थियो भने दोश्रो पुरस्कार पिपल मर्गेजले गरेको थियो । खेलको संयोजन कुमार गुरुङ र खेलकुद सचिब मनोज गुरुङले गरेका थिए । खेलको उद्धघाटनसत्रमा एनआरएन यूरोप संयोजक कुल आचार्य र साहार यूकेका अध्यक्ष मिन गुरुङ (साइला) ले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

नेपाली खेलाडीहरुको स्तरन्नोतिका लागि सन्डे लिग खेलाउंदै आएकोे सहारा यूकेले बिगत तिन वर्ष देखी एभ्रेष्ट कप खेलाउदै आएको छ ।
खेल हेर्न गैरआवासीय नेपाली संघका सल्लाहाकार डमर घले, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएन यूकेका संरक्षक सूर्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, व्यवसायी कुष्ण भट्ट, विराज भट्ट खेल मैदानमा उपस्थित थिए ।

खेलका अतिरिक्त सहारा यूकेले सहारा पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई समेत सहयोग गर्दै आएको छ । एकेडेमीमा आश्रित टुहुरा बालबालिका पढाउने, फुटबल अभ्यास गराउने, रंगशाला बनाउने, भवन र छात्रावास निर्माण कार्यमा सहारा यूकेले सहयोग गरेको थियो । भविष्यमा एकेडेमी सञ्चालनका लागि सहारा पोखराले २ करोडको अक्षय कोष स्थापना गर्ने अभियानमा सहारा यूकेले ३० लाख रुपैयां सञ्चालन गरिसकेको छ । सहारा यूकेले पोखरा बसाईका क्रममा सहारा पोखराको दोबिल्लामा अवस्थित फुटबल एकेडेमीको भ्रमण गरी विद्यार्थीहरुलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको थियो ।
1

फ्रेण्ली म्याचमा सहाराको जित

खेल हेर्न उपस्थित एनआरएन यूकेको प्रतिनिधी र सहारा यूके बीच भएको फे्रण्ली खेल सहारा यूकेले जित्यो । सहार यूकेले एनआरएन यूकेको टिमलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । एनआरएन यूकेको टिमको नेतृत्व एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङ र सहार यूकेको टिमको नेतृत्व अध्यक्ष मिन गुरुङले गरेका थिए ।
1