१५ बैशाख २०८१, शनिबार
Follow Us

पद्मश्री साहित्य पुरस्कारको लागि कुन कुन कृति मनोनयनमा परे ?

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार ०७:५६

लन्डन । खेमकला(हरिकला लामिछाने प्रतिष्ठानले ५ वटा पुस्तकलाई पद्मश्री साहित्य पुरस्कारको लागि मनोनय गरेको छ । प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी दुईवटा निर्णय गरेको थियो ।

पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच उत्कृष्ट पुस्तकहरूको सूचि (सर्टलिस्ट) सार्वजनिक गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जनाएका छन्। पहिलो निर्णयअनुसार प्रतिष्ठानले २०७२ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको हो ।

सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरिएको छ । यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण प्रतिष्ठानले जनाएको छ ।

कृति – विधा – लेखक
१. ऐना – कथासंग्रह – रामलाल जोशी
२. चीरहरण – उपन्यास – नीलम कार्की निहारिका
३. मिस्टिका – उपन्यास – कुमार नगरकोटी
४. वीरगञ्ज – गैह्र(आख्यान – गिरीशगिरी
५. सुप्लाको हवाइजहाज – कवितासङ्ग्रह – भूपिन