८ बैशाख २०८१, शनिबार
Follow Us

काभ्रेको नमोबुद्धमा गोली चल्यो, एकजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार ०६:०४

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध ४मा गोलीलागी एकजनाको मृत्यु भएको छ । राती मोटर साईकलमा आएको अज्ञात समुहले चलाएको गोली लागी स्थानीय नवराज पाठकको मृत्यु भएको काभ्रेका एसपी सगुन थापाले नाजकारी दिएका छन । चेकजाँचका क्रममा मोटर साईकलमा आएका व्यक्तिले चलाएको गोलीलागी घाइते भएका पाठकलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले जानकारी दिए । प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान जारी राखेको जनाएको छ ।