११ बैशाख २०८१, मंगलवार
Follow Us

बुथ कब्जा गर्न खोज्नेमाथि प्रहरीद्वारा गोली प्रहार, एक जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १२:४०

चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् ।