१३ बैशाख २०८१, बिहीबार
Follow Us

मतदान सकियो, यातायात सञ्चालनमा

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १४:००

काठमाडौं । स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत पहिलो चरणका लागि मतदानको समय सकिएको छ । यद्यपि, पाँच बजेसम्म लाइनमा बसेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । यसैबीच, साँझ सात बजेबाट यातायात सञ्चालन गर्न पाईने आयोगले जानकारी दिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बिहान पाँच बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो ।