१२ बैशाख २०८१, बुधबार
Follow Us

काउन्सिलद्वारा मतदान केन्द्रहरुको अनुगमन

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १४:५५

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको छ ।
सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको काउन्सिलले जनाएको छ ।
यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँले काठमाडौँ, सुदर्शन आचार्यले सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझाले काभ्रे, शुभेच्छा विन्दू तुलाधरले कीर्तिपुर र ललितपुर, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहराले काभ्रे र सिन्धुपाल्चोक, सङ्गीता खड्का, सहप्रशासकीय अधिकृत दीपक खनालले थानकोट, नैकाप, जावलाखेलको स्थलगत अनुगमन गर्नुभएको थियो ।
काउन्सिलले यही वैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।