१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकार र मोर्चाबीच संविधान संशोधन प्रस्तावबारे छलफल

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार ०५:३१

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागितासहित संविधान संशोधनलगायत विवादीत विषयमा सहमति जुटाउन सरकार र मधेसी मोर्चाबीच सोमबार बिहान छलफल सुरु भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । मोर्चाका एक नेताले अनुसार प्रधानमन्त्रीले बैठकमा बोलाएको जानकारी दिए ।
वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्रीले मोर्चालाई छलफलमा डाकेका हुन् । आगामी जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको तालिका रहेको छ । यसअघि मोर्चा र सरकारबीच जेठ ४ गतेभित्र संविधान संशोधन प्रस्ताव पारित गराउने सहमति भएको थियो ।