१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेको सदस्यता शुल्क २५ पाउण्ड, निर्वाचन समिति गठन

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार ०९:०८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्नो सदस्यता शुल्कमा भारी बृद्धि गरेको छ । एनआरएन यूकेको आइतवार सम्पन्न बैठकले यसअघि कायम रहेको प्रति साधारण सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड तोकेको हो ।

संघका प्रवक्ता खुशी लिम्बुमा अनुसार नेपालमा बन्दै गरेको एनआरएन भवनको सहयोगार्थ सो शुल्क बृद्धि गरिएको हो । लिम्बुका अनुसार बृद्धि गरिएको सदस्यता शुल्क आगामी कार्यकालको लागि मात्र कायम रहने छ ।
संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले अगामी सेप्टेम्बर ९ तारिक अल्डरशटमा हुने साधारणसभाको लागि निर्वाचन समितिको गठन समेत गरेको छ ।

बैठकले निर्वाचन समितिको संयोजक डा. चन्द्र लक्छम्बा, सदस्य सचिव रामशरण सिमखडा, सदस्यहरुमा सुमाया राई, दुत पुन, कृष्ण भट्ट, पूर्ण लक्सम, बिजन भट्ट रहेको एक निर्वाचन समिति गठन गरेको छ । नयाँ नेतृत्वको समेत निर्वाचन हुने सो साधारणसभामा उम्मेदवार हुन र मतदान गर्न चाहानेहरुले ३१ जुलाई भित्र सदस्यता लिइसक्न एनआरएन यूकेले आब्हान गरेको छ ।