१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, महानगरमा एमाले अगाडि

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार १३:४१

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले० का पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिनुभयो ।
माओवादी केन्द्र का टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको वडा नं १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।

कागेश्वरी मनोहरामा पनि काँग्रेसकै अग्रता
कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा ९एमाले० का कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फँुयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गर्नुभएको छ ।

महानगरमा एमाले अगाडि
काठमाडौं महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो । उहाँका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली काँग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याउनुभएको छ । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उहाँले जानकारी गराउनुभयो । वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।