१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार १२:११

काठमाडौं । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् ।