१२ बैशाख २०८१, बुधबार
Follow Us

महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार ०६:१०

भीमदत्तनगर । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार भेटिएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तका अनुसार खाती र कुँवरको शव महाकाली नदीमै भेटिएको हो । “प्रहरीले खोजी गर्दै जाँदा खातीको ढक्नाघाट क्षेत्र र कँुवरको बेपत्तास्थल नजिकै शव भेटिएको हो ।” प्रहरी निरीक्षक पन्तले भन्नुभयो– “शव पहिचान भएपछि आफन्तलाई खबर गरेका छौँ ।” उहाँले कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाइने बताउनुभयो ।
शनिबार दिउँसो महाकाली नदी तर्नेक्रममा नदीमा पानीको बहाव बढेपछि कपिल र दीपेशसँगै वनकट्टीका १५ वर्षीय राहुल उपाध्याय पनि बेपत्ता भएका छन् । तर राहुलको अवस्था अझै अज्ञात छ । प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । तीनैजना महाकाली नदीको दोधारा चादँनी झोलुङ्गेपुलको करिब ५०० मिटर दक्षिणबाट बेपत्ता भएका थिए ।